काठमाडौं- नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अहिले मतगणना जारी छ। कुल दुई हजार २२७ मत खसेकामा हालसम्म ६६६ मत गनेर सकिएको छ। हालसम्मको गणनामा अध्यक्षमा केपी शर्मा ओलीकै अग्रता रहेको छ। ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा ३१२ मतले अगाडि छन्। ओलीले ४८९ मत प्राप्त गर्दा पोखरेलले १७७ मत पाएका छन्। यस्तै महासचिवमा पनि ओली प्यानलका शंकर पोखरेलकै अग्रता छ। उनले ३६४ मत पाएका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन्।
एमाले मतगणना अपडेट: अध्यक्ष ओली २९५ मतले अगाडि
खबर एक्सप्रेस
पुष ३, २०८२
१०२


.gif)

