काठमाडौं - सहकारी ठगी तथा सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।

उच्च अदालत बुटवलका अनुसार आजका लागि मुद्दाको पेसी चढाइएको हो । यसअघि उक्त मुद्दा गत हप्ता ‘हेर्न नमिल्ने’मा परेको थियो भने त्यसअघि दुई पटक रवि लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो ।