काठमाडौं - एसियन गेम्सअन्तर्गत टी– २० आई प्रतियोगितामा नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज जापानसँगको खेल वर्षाले रोकिँदा नेपाल समूह विजेता बनेर क्वार्टरफाइलनमा प्रवेश गरेको हो । अब नेपालले क्वार्टरफाइनलमा श्रीलंकासँग खेल्नेछ ।