काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सुशासनको नाममा मुलुकमा घृणा र द्वेष फैल्याउने काम गरिरहेको आरोप लगाएका छन्।

शनिवार पार्टीद्वारा काठमाडौंमा आयोजित जनप्रर्दशन तथा जनसभा कार्यक्रममा बोल्दै वर्तमान सरकारले काम गर्न नसकेको र भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताएका हुन्।

उनले भने- ‘काम गर्न नसक्ने भ्रष्टाचारमा लसक्क डुबेको यो सरकार नक्कली सरकार, यो सरकारले जेनजीका नाममा केही मानिसहरुलाई बोलाएर आफैँले तयार गरेका मागहरु प्रस्तुत गर्न लगाएर, आफैँले आफ्नो विरोध गर्ने आफूलाई दबाब दिने वातावरणका लागि तालिम लिएर मान्छे बोलाएर सुशासनका नाममा घृणा र द्वेष फैलाउने काम गरिरहेको छ।’

अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले त्यसको विरोध गर्नुपरेको पनि बताए।

असंवैधानिक सरकार हटाउन कुनै संविधान नचाहिने बताउदै उनले भने- ‘राष्ट्रपतिज्यू, अस्ति-अस्ति जेनजीका माग भनेर यो सरकार जडान गर्नुभयो त जेनजीको माग अनुसार यो सरकार किन विदा गर्नुहुन्नरु हटाउनुहोस्।’