काठमाडौं- बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरेको हो । एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूको विरोधका कारण स्थिति तनावपूर्ण बनेको थियो । लगत्तै एमाले कार्यकर्ताहरू पनि विमानस्थल पुगेका थिए । त्यसपछि दुई समूहबीच झडप भएको थियो । विमानस्थल क्षेत्रमै झडप हुँदा विमानस्थलको गेटमा क्षति पुगेको छ। विमानस्थल भित्र पनि ढुंगामुढा भएको छ। दुई पक्षबीच झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।