सुनको मूल्य बढ्यो
खबर एक्सप्रेस
२०७६-०८-२९ ११:०० मा प्रकाशित
Total Shares: 470
काठमाडौं - साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
साताको कारोबारको अन्तिम दिन तोलामा ७० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी भने रु ५ बढेर ८४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस