क्षमा माग्दै मोरङ-६ का मतदातालाई शेखरले पठाए पत्र, फेरि एक पटक विश्वास गर्न आग्रह
काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदातालाई पत्र पठाएका छन् ।
आगामी प्रतिनिधि सभाको निर्वाचनमा मोरङ-५ बाट उम्मेदवार बनेका डा। कोइरालाले चिठी पठाउँदै आफूले न्याय गर्न नसकेको भन्दै करिब ६५ सय मतदातालाई पत्र पठाएका हुन् ।
कोइरालाले चिठीमा उम्मेदवार आएकाले फेरि एक पटक आफूलाई विश्वास गरेर मत दिन पनि आग्रह गरेका छन्।
उनले भनेका छन्- 'मोरङ क्षेत्र नम्बर ६ बाट मलाई यो भौतिक बल र जिम्मेवारीमा पुर्याउनु हुने तपाईँप्रति म सदा आभारी छु, ऋणी छु । मलाई निस्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु। हाम्रा अगाडि नयाँ-पुराना राजनीतिक दलहरू भोट माग्न आउनेछन्। नेपाली कांग्रेसको तर्फबाट रुख चुनाव चिह्न लिएर म पनि तपाईको घरदैलोमा आएको छु ।'
यो क्षेत्रका विकासका गतिविधिकोलाई तीव्रता दिने आफ्नो आकाङ्क्षा रहेको भन्दै यसको मूल्याङ्कन गर्ने जिम्मेवारी मतदातालाई नै दिएका छन्।
साथै विगत लामो समयदेखि पार्टीभित्र र बाहिरका सार्वजनिक मञ्चबाट विकास निर्माण र सुशासनका पक्षका आवाज उठाइरहेको उल्लेख गरेका छन् ।
२०७९ सालको निर्वाचनमा पनि डा.कोइराला यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचिन भएका थिए।







.gif)



फेसबुक पेज Like गर्नुहोस