काठमाडौं - प्रदेश नम्बर ३ को स्थायी राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट पारित भएको छ ।
आइतबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतका स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो ।
हेटौंडा राजधानी राख्ने पक्षमा एक सय ५ मत आएको छ । विपक्षमा तीन मत आएको थियो । प्रदेशसभामा एक सय १० सांसद भए पनि बैठकमा एक सय आठ सांसद मात्रै उपस्थित भएका थिए ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले संयुक्त प्रस्ताव पेश गर्दै हेटौंडा राजधानी राख्ने पक्षमा मतदान गरेका थिए।

.gif)


