काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड पराजित भएको छ । गएराति भएको खेलमा रियल क्याडिजसँग १-० गोल अन्तरले पराजित भएको हो ।

रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्णायक गोल गरे । खेलको १६ औं मिनेटमा लोजानोले गरेको गोल नै क्याडिजको जितमा निर्णायक बन्यो ।

क्याडिजविरुद्ध बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा रियलले महत्वपूर्ण ३ अंक गुमाउनु परेको हो । जितसँगै क्याडिज तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । क्याडिजले ६ खेलमा १० अंक जोडेको छ । रियल शीर्ष स्थानमा यथावत रहेको छ । सिजनको पहिलो हार व्यहोरेको रियलले ५ खेलमा १० अंक जोडेको छ ।