काठमाडौं - नक्कली चाँदीसहित प्रहरीले एक जनालाई धुम्बाराहीबाट पक्राउ गरेको छ । 

धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटालाई १५ किलो नक्कली चाँदीसहित प्रहरीले पक्राउ गरेको हो । 

इमाडोलमा तिलहरि ज्वेलर्स सञ्चालक गर्दै आएका सापकोटालाई पीडितको उजुरीपछि प्रहरीले पक्राउ गरेको हो । सापकोटाले सक्कली चाँदी भनेर बेच्न लागेकोअवस्थामा प्रहरीले पक्राउ गरेको हो ।