काठमाडौँ - बलिउडकी चर्चित अभिनेत्री हुन् करिना कपुर । उनले आफ्नो भाई रनवीर कपुर र आलिया भटको सम्बन्धका बारेमा प्रतिक्रिया दिएकी छिन् ।उनले रनवीरसँग आलियाको विवाह भएमा आफु अत्यन्त खुसी हुने उनले बताएकी छिन् ।


उनले भनेकी छिन्, ‘रनवीरले आलियासँग विवाह गरेमा आफु अत्यन्त खुसी हुने, आलियालाई बुहारीको रुपमा पाउँदा कपुर परिवार पनि आफुलाई भाग्यमानी सम्झिनेछ ।

पछिल्लो समय आलिया र रनवीर फिल्म ब्रम्हास्त्रको सुटिङमा व्यस्त रहेका छन् ।दुई वर्षदेखि एकअर्कालाई डेटिङ गरिरहेका उनीहरुले विवाह गर्ने हल्ला पनि चलिरहेको छ । विवाह गर्ने तयारीमा उनीहरु रहेको समेत हल्ला चलेतापनि उनीहरुले यसबारे प्रतिक्रिया भने दिएका छैनन् ।