काठमाडौं,एजेन्सी - बलिउड नायक वरुण धवन र फेसन डिजाइनर नताशा दलाल विवाह बन्धनमा बाँधिएका छन् ।

बरुण र नताशा लामोसमय देखि प्रेममा रहेका थिए । उनीहरुको बिहेको चर्चा गतबर्ष नै चलेपनि कोरोना कारण स्थगित भएको थियो । आइतबार यी दुईको विवाह अलीबागको द मेन्शन हाउस रिसोर्टमा भएको हो । उनीहरुको विवाह मण्डपमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो । तर, विवाह पूरा भएपछि मिडियासामू सार्वजनिक भएका थिए ।

फेब्रुअरी २ तारिखमा मुम्बईको जेडब्ल्यू म्यारियटमा रिसेप्सन हुनेछ । यसैबिच वरुणले सोसल मिडियामा आफ्नो विवाहको तस्विर सेयर गर्दै भनेका छन्,‘जीवनभरको प्रेमले आज आधिकारिकता पायो ।’