प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट डा. रुइत सम्मानीत
काठमाडौं - नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विशेष कार्यक्रममका विच आइतबार“प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, २०७५” ले सम्मानीत गरेकी छन् ।
लामो समयको अथक मेहनत र वैज्ञानिक खोजको माध्यमवाट नेत्र चिकित्साको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै नेपाल सरकारले नगद सहित डा. रुइतलाई सो सम्मान प्रदान गरेको हो ।
तिलगंगा आँखा प्रतिष्ठान स्थापनाकाल देखि आधुनिक मोतियाविन्दुको शल्यक्रियामा प्रयोग हुने विश्वस्तरीय लेन्स नेपालमा नै उत्पादन गरि संसारभर न्युन मुल्यमा सम्पन्न देखि सीमान्तकृतहरु सम्मको पहुँचमा पुर्याउदै आएको छ भने नेपाल आँखा वैंकको स्थापना गरि नानी प्रत्यारोपणमा नेपाललाई आत्मनिर्भर बनाइ संसारभर नेपालको ख्याती वढाउन योगदान दिदै आएको छ त्यस्तै विभिन्न अनुसन्धान, शैक्षिक तथा तालिम एवं सर्वसुलभ आँखा उपचार सेवा देशका विभिन्न दुर्गम भागमा पु्र्याउदै आएको छ ।
त्यसैगरी राष्ट्रपति भण्डारीले कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको तथा उपकरणको आविष्कार गर्ने लमजुङ लक्ष्मीनगर निवासी रदी मियाँ र सोलार स्कुटर, ट्राफिक मास्क मादक पदार्थ सेवन गरी सवारी चलाए स्टार्ट बन्द हुने प्रविधि बनाउने तनहुँका अन्वेषक विकल्प ढुङ्गानाको योगदानको कदर गर्दै ुप्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग २०७५ु स्वरुप जनही दुई लाख ५० हजार प्रदान गरिन्।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव अनिलकुमार ठाकुरले छनौट प्रकृयाको जानकारी दिदै शुरु भएको कार्यक्रम उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको धन्यवाद ज्ञापन सहित समारोह समापन गरिएको थियो ।
नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिवहरु, शुरक्षा निकायका प्रमुख एवं विभिन्न क्षेत्रका व्यक्तिहरु उपस्थित कार्यक्रममा डा। सन्दुक रुइतले छोटो मन्तव्य दिदै तिलगंगाआँखा प्रतिष्ठान परिवार एवं साझेदार संस्थाहरुलाई धन्यवाद दिए।
फेसबुक पेज Like गर्नुहोस