काठमाडौं,एजेन्सी - युभेन्टसले इटालियन सिरी ‘ए’ मा जित हात पारेको छ । गएराति भएको खेलमा युभेन्टसले नेपोलीलाई २–१ ले पराजित गरेको हो । 

खेलको १३औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ७३औँ मिनेटमा पाउलो डिवालाले गोल गर्दै युभेन्टसलाई २–० को अग्रता दिलाए  । त्यसपछि खेलको  ९०औँ  मिनेटमा नापोलीका लोरेन्जोले पेनाल्टीमार्फत एक गोल फर्काएपनि युभेन्ट्स २औ१ ले विजयी बन्यो । 

जितसँगै तेस्रो स्थानमा उक्लिएको युभेन्टसले २९ खेलबाट ५९ अंक जोडेको छ । पराजित नेपोली ५६ अंकसहित पाँचौ स्थानमा छ ।

यस्तै, अर्को खेलमा शीर्ष स्थानको इन्टर मिलानले सासोउलोलाई २-१ले पराजित गरेको छ । इन्टरले उपाधि यात्रालाई थप मजवुत बनाउँदा शीर्षस्थानमा ११ अंकको स्पष्ट अग्रतासमेत बनाएको छ । इन्टरको २९ खेलबाट ७१ अंक रहेको छ भने दोस्रो स्थानको एसी मिलानको ६० अंक छ । पराजित सासोउलो ४० अंक जोडेर नवौं स्थानमा छ ।