भरतपुर - चितवनको भरतपुरपस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु हुने युवकमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।

मंगलबार साँझ स्वास्थ्य रिपोर्ट सार्वजनिक गर्दै अस्पतालले युवकलाई संक्रमण नभएको पुष्टि गरेको हो । भरतपुर अस्पतालका मेसु श्रीराम तिवारीकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मृतक यादवमा कोरोना संक्रमण नभएको पाइएको छ ।

वीरगञ्ज २२ जनन्नाथपुरका ३० वर्षीय सन्तोष यादवको मंगलबार बिहान ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको थियो । लुपस भन्ने रोगबाट पीडित उनमा ज्वरो र निमोनियाको लक्षण देखिएपछि चितवन मेडिकल कलेजबाट कोभिड १९ को आशंकामा ९ चैतमा रिफर भएर कोरोना बिषेश अस्पताल पुगेका थिए ।