काठमाडौं - काठमाडौंमा ९२ जनासहित नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको मन्त्रालयले बताएको छ ।

मुलुकभर ६ हजार ५४४ सक्रिय सङ्क्रमित छन् ।  विगत २४ घण्टामा जनामा आठ हजार आठ सय १५ जनामा गरिएको पिसीआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । हाल मुलुकका ७ वटामा जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । जसमा खोटाङ, संखुवासभा, धनकुटा, हुम्ला, मुस्ताङ, मनाङ र रोल्पा रहेका छन् । 

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । आज थप २ जनाको मृत्यु पुष्टि भएको छ ।