काठमाडौं - आज देशभरको मौसम सामान्यतया सफा रहने भएको छ । मौसम पुर्वानुमान महाशाखाको अनुसार सुदुरपश्चिम क्षेत्रका केहि क्षेत्रमा कुहिरो लागेको जनाएको छ ।

देशको पुर्वी, मध्य भागमा मौसम सफा रहने छ । हिमाली क्षेत्रमा हकमा भने केहि क्षेत्रमा मात्र हिमपात हुने सम्भावना रहेको छ । यस्तै काठमाडौँ उपत्यकामा दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ ।