'नेकपा फुट्दैन, बरु बलियो हुन्छ'
काठमाडौं - प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले कुनै हालतमा पार्टी नफुट्ने बताएका छन् ।
ओलीले नेकपा कमजोर नभई थप मजबुत हुने दाबी गरे । सरकारले पार्टीमा छलफलै नगरी राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश ल्याएको भन्दै नेकपामा विवाद चर्किएको थियो ।
विवादबीच अनेक शंका आशंका बढिरहेका बेला ओलीले बुधबार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथमै राखेर राजधानीमा उपलब्ध पार्टीका सांसदहरुसँगको छलफलमा पार्टी एकतामा आशंका नगर्न आग्रह गरे ।
ओलीले सरकारले गलत आशयका साय अध्यादेश नल्याएको भन्दै ढुक्क हुने भने । ‘अनेकथरि कुरा सुनेको छु । कतिपयले अध्यादेशका कारण नेकपा फुट्छ भन्दै हिंडेका छन्’, ओलीले भने, ‘तपाईंहरु ढुक्क हुनुस् । नेकपा फुट्दैन, थप बलियो हुन्छ ।’
सरकारले पार्टी बलियो बनाउने काम गरिरहेको भन्दै धेरै चिन्ता नगर्न र नआत्तिन उनले आग्रह गरे । छलफलमा काठमाण्डुमा उपलब्ध प्रदेश–१, बागमती, गण्डकी, प्रदेश पाँच र कर्णाली प्रदेशका सांसद सहभागी थिए ।
फेसबुक पेज Like गर्नुहोस