आज पनि सुनको भाउ बढ्यो
खबर एक्सप्रेस
२०७८-०७-०८ १२:३१ मा प्रकाशित
Total Shares: 159
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ३०० सयले बढेको हो।
आइतबार सुनको मूल्य तोलामा ४०० सय रुपैयाँले बढेको थियो। महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार ९०० रहेको छ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो चाँदीको मूल्य १ हजार २६० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १ हजार २६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस