काठमाडौं - नेकपा एमाले नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन् । 

सुरुमा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर कोटेश्वरस्थित नेपाल निवासमा देउवा पुगेका थिए । त्यसको केहीबेरमै प्रचण्ड पनि पुगेका हुन् । हाल तीन नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल जारी छ । 

पछिल्लो समय एमालेका दोस्रो तहका नेताहरु पार्टी एकताका लागि संवादमा रहेकै बेला देउवा र दाहाल नेपाललाई भेट्न उनको निवास पुगेका हुन् । पछिल्लोसमय प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली ससर्त ०७५ जेठ २ मा कायम पार्टी संगठनका बैठक बोलाउन र फागुन २८पछि भएका निर्णय सच्याउन तयार भएका छन् । वैद्यले प्रदेशसभामा उक्त अभिव्यक्ति फिर्ता लिएका थिए ।