प्रतिपक्ष दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 42
काठमाडौं - प्रतिनिधि सभा बैठक स्थगित भएको छ। विपक्षी दलहरूको अवरोधका कारण बैठक स्थगित भएको हो। प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति राष्ट्रहित विपरित रहेको भन्दै उनीहरूले आपत्ती जनाए।
बैठक सुरू हुने बित्तिकै नेपालले भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जारी राखेपछि बैठक स्थगित भएको हो ।
विपक्षी दलहरूका सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुखले कार्यसूचीलाई अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे। तर, निरन्तर विरोध जनाएपछि सभामुख डीपी अर्यालले बैठक जेठ २५ गतेसम्मका लागि स्थगित भएको घोषणा गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस