धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहलाई दल नेतृत्वबाट हटाउने उद्देश्यसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ।

प्रदेश सभा सदस्य दिवानसिंह विष्टको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गरिएको हो।