काठमाडौं - आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा ५००  रुपैयाँले घटेको हो ।

महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।