काठमाडौं - नापी विभागले मातहतका विभिन्न कार्यालयमा कार्यरत ८५७ कर्मचारीको सरुवा गरेको छ ।
विभागले नापी अधिकृत, सर्भेक्षक र अमिनको सरुवा गर्दै नामावलीसहितको विवरण सार्वजनिक गरेको हो ।
विभागका अनुसार सरुवा हुनेमा १०३ जना नापी अधिकृत, ४९८ जना सर्भेक्षक र २५६ जना अमिन छन् ।
विभागले मातहतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको सरुवा गरी नयाँ कार्यजिम्मेवारी तोकेको हो ।
सरुवासम्बन्धी निर्णयसँगै सम्बन्धित कर्मचारीहरूको कार्यालयगत जिम्मेवारीमा फेरबदल भएको छ ।

.gif)


