घट्याे सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०५-०३ ११:२७ मा प्रकाशित
Total Shares: 268
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहीबार तोलामा ४ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा २५ रुपैयाँले घटेर १ हजार १८० रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस