महाभियोग प्रकरणमा जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो
खबर एक्सप्रेस
२०७९-०५-१५ ०२:०७ मा प्रकाशित
Total Shares: 183
काठमाडौं - निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताएका छन् । सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिमा बयान दिनेक्रममा जबराले आफूविरुद्धको महाअभियोग निष्क्रिय भइसकेको बताउँदै न्याय मागेका छन् ।
‘मविरुद्धको प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन । त्यो महाअभियोग निष्क्रिय भइसकेको छ । मलाई न्याय चाहियो ।’जबराले समितिमा भने ।
आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको तर्क छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस