सिंहदरबारमा सीसीएमसीको बैठक जारी, प्रधानमन्त्री पनि सहभागी
खबर एक्सप्रेस
२०७८-०२-०२ ०१:१७ मा प्रकाशित
Total Shares: 360
काठमाडौं - कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् ।
कोरोना महामारी तीव्र गतिमा फैलिएको र संक्रमणका कारण मृत्यु पनि बढेका बेला सीसीएमसीको बैठक बसेको हो । बैठकले कोभिड–१९ संक्रमणका विषयमा छलफल गरी थप निर्णय लिने बताइएको छ ।
प्रधानमन्त्री ओलीले शनिबार, स्वास्थ्य क्षेत्रका विज्ञ र निजी क्षेत्रका व्यक्तिहरुसँग कोरोनाका विषयमा छलफल गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस