सरकारविरुद्ध संघर्ष गर्ने तीन विपक्षी पार्टीको निर्णय
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित तीन राजनीतिक दलले सरकार लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिँदै सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ ।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको जनता समाजवादी दल (जसपा) र राप्रपा शीर्ष नेताहरुको बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता जनाएको हो ।
'लोकतान्त्रिक मूल्य र मान्यतालाई कुल्चिँदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृतिको घोर भर्त्सना गर्दछौँ र यस किसिमको स्वच्छाचारी र सर्वसत्तावादी प्रवृति विरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्ति एकताबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।' बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
यस्तै, बैठकले जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण गर्नेलाई कारबाही गर्न माग गरेको छ । ‘सरकारले लोकतान्त्रिक मूल्य र मान्यता तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सासद डा। सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् ।
यस्ता अपराधिक कार्यको यो बैठक घोर भर्त्सना गर्दछ र अपराधमा संलग्न व्यक्ति हरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग पर्छ,’ जारी विज्ञप्तिमा भनिएको छ।
फेसबुक पेज Like गर्नुहोस