नहरमा मृत अवस्थामा भेटिए सन्ताेष
खबर एक्सप्रेस
२०७६-०८-२६ ११:०० मा प्रकाशित
Total Shares: 951
भीमदत्तनगर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् ।
आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
‘प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ’, प्रवक्ता चन्दले भने, ‘घटनास्थलबाट प्रहरीले गम्भीर अनुसन्धान शुरु गरेको छ ।’ घटनास्थलको प्रहरी टोली मचुल्का गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस