भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन
खबर एक्सप्रेस
२०७६-०५-०७ ११:०० मा प्रकाशित
Total Shares: 699
काठमाडौं - भारतका पूर्व अर्थमन्त्री अरुण जेटलीको निधन भएको छ।
शनिबार दिउँसो १२ बजेर ७ मिनेट जाँदा उनको अखिल भरतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचारकै क्रममा ६६ वर्षको उमेरमा निधन भएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार जेटलीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अगष्ट ९ तारिखदेखि एम्समा भर्ना गरिएको थियो।
उनी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको अघिल्लो सरकरमा अर्थमन्त्री थिए। जेटलीलाई दोस्रोपटक प्रधानमन्त्री बनेका मोदीले आफ्नो सरकारमा पुनः मन्त्री बनाउन चाहन्थे तर पत्र लेखेर जेटलीले स्वास्थ्यमा समस्या भएकाले कुनै जिम्मेवारी नलिने बताएका थिए।
गएको १८ महिनादेखि जेटलीको स्वास्थ्यमा समस्या भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
फेसबुक पेज Like गर्नुहोस