काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली (बादल लाग्ने) भएको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागका साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यस्तै, देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

.gif)


