काठमाडौं -  वैदेशिक रोजगार विभागले मंगलबारबाट अनलाइन मार्फत श्रम स्टिकर टाँस्न सुरु गरेको छ । विभागले मंगलबारबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको राहदानीमा टाँस्ने स्टिकरको सट्टा ई-स्टिकरको प्रयोग थालेको हो ।

विभागका महाननिर्देशक डा। भिष्मकुमार भूसालका अनुसार मंगलबारबाट राहदानी टाँस्ने स्टिकरको प्रयोग पूर्ण रुपमा हटेको छ । ‘हामीले सोमबार टाँस्ने र अनलाइन स्टिकर दुबैको प्रयोग गर्‍यौँ । शुक्रबारसम्म व्यक्तिगत श्रम स्वीकृति लिने र लिगलाइजेशनबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई ईस्टिकर प्रदान गरिने छ,’ उनले जनतापाटीर्सँग भने, ‘शुक्रबारबाट सबै प्रकारको राहदानीमा हामी अनलाइन स्टिकर टाँस्छौँ ।’

अनलाइनबाट स्टिकर जारी भएसँगै नक्कली स्टिकर बनाई अवैध रुपमा भारतको बाटो हुँदै विदेश पठाउने क्रम अन्त्य हुने विश्वास लिइएको छ ।

महानिर्देशक भूसालका अनुसार ई–स्टिकर शुरु भएपछि इमेलमा जहिले चाह्यो उहिले स्टिकर प्रिन्ट निकाल्न सक्ने र श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नौ मोवाइलमा श्रम स्वीकृतिको स्टिकर आउने छ ।