काठमाडौं - काठमाडौंको धोबिखोलामा एक व्यक्ति साइकलसहित मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौंको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेज कलेज नजिकै धोबिखोलामा साइकलसहित एक व्यक्ति मृत अवस्थामा भटिएका हुन् ।

काठमाडौं प्रहरीले मृत व्यक्तिको पहिचान खुल्न नसकेको बताएको छ । मृत व्यक्ति पुरुष भएको खुले पनि अन्य पहिचान खुल्न बाँकी छ ।