काठमाडौं – बिहीबार भएको राष्ट्रियसभा सदस्यको  निर्वाचनबाट १८ जना सांसद चुनिएका छन्। राष्ट्रियसभा निर्वाचनमा प्रदेश दुईमा नेकपा– राजपा र काँग्रेस समाजवादीबीच तालमेल भएको थियो । भने अन्य प्रदेशमा विशेषत नेकपा र काँग्रेसबीच प्रतिस्पर्धा भएको थियो । सातवटै प्रदेशसभाका ५ सय ५० जना सदस्यमध्ये  ५ सय ४५ जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै, स्थानीय तहका १ हजार ५ सय ६ जनामध्ये १ हजार ४ सय ९५ जनाले मतदान गरेका छन्। जसबाट सत्तारुढ दलका १६ र प्रतिपक्षी राजपाका दुई जना विजयी भएका छन् ।

राष्ट्रिय सभा सदस्यमा विजयीहरु

प्रदेश १ बाट

गोपी अछामी (नेकपा)

इन्दिरा गौतम (नेकपा)

देवेन्द्र दाहाल (नेकपा)

प्रदेश २बाट

राधेश्याम पासवान (नेकपा)

तुलसा दाहाल (नेकपा)

मृगेन्द्र यादव (राजपा)

शेखरकुमार सिंह (राजपा)

बागमती प्रदेशबाट

गंगा बेलवासे (नेकपा)

वेदुराम भुसाल (नेकपा)

गण्डकी प्रदेशबाट

नारायणकाजी श्रेष्ठ (नेकपा)

भगवती न्यौपाने (नेकपा)

प्रदेश ५ बाट

विमला घिमिरे (नेकपा) 

जगप्रसाद शर्मा (नेकपा)

गोपाल भट्टराई (नेकपा)

कर्णालाी प्रदेशबाट

माया प्रसाद शर्मा (नेकपा)

सुमित्रा बिसी (नेकपा)

सुदूरपश्चिम प्रदेशबाट

तारामान स्वाँर (नेकपा)

शारदा भट्ट (नेकपा)