काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले सम्म कुनै सहमति नभएको बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले सुदृढ र एकतावद्ध एमालेका लागि आफूहरु वार्ता र लचकता दुवै अपनाउने तर अहिले सम्म कुनै सहमति नभएको बताएका हुन् । ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।’ उनले भनेका छन् ।