तनहुँमा २६ वर्षीया महिला बलात्कृत
खबर एक्सप्रेस
२०७९-०२-०९ ०३:२८ मा प्रकाशित
Total Shares: 236
काठमाडौं ,तनहुँ - तनहुँमा २६ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१० मान्द्रे बस्ने ३२ वर्षीय जिवन बिक भन्ने जुठे बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका–१० छाब्दीस्थित जंगलको झाडीमा जेठ १ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस