काठमाडौं - सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

सभामुख अर्यालले शुक्रबार शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

भेटका क्रममा उनले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जान लागेकोबारे राष्ट्रपतिलाई जानकारी गराएका छन्।

सभामुख अर्याल आइतबार आईपीयू महासभामा सहभागी हुन तान्जानियाको अरुशामा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

सभामुखको नेतृत्वमा रहने उक्त भ्रमण टोलीमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे, सांसदहरू तथा संसद् सचिवालयका अधिकारीहरू सहभागी छन्।

सभामुख र प्रतिनिधिमण्डलको यसै महत्त्वपूर्ण विदेश भ्रमणका कारण संघीय संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने गरी सिफारिस गरिएको छ।