काठमाडौँ - संघीय संसद्को बर्खे अधिवेशन औपचारिकरूपमा सम्पन्न भएको छ।

शुक्रबारको बैठकमा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शीतलनिवासबाट आएको पत्र पढ्दै राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको जानकारी दिए।

गत वैशाख २८ गते शुरु भई १४५ दिनसम्म चलेको यो अधिवेशनमा ६८ वटा बैठक बसेका छन्। सभामुख अर्यालले यो अवधिमा १२ वटा विधेयक पारित गरेको जानकारी दिए। यो अवधिमा ६२ दिनमा ६८ पटक बैठक बसेको संसद् सचिवालयले जनाएको छ।

यो अवधिमा २ ७७ घण्टा ३० मिनेटको संसदीय समय व्यतित भएको बताइएको छ। गत वैशाख २८ गते शुरु भई असोज १६ गतेसम्म गरी १४५ दिन चलेको राष्ट्रिय सभाको २१ औँ अधिवेशनमा ५२ वटा बैठक बसेका थिए।