काठमाडौं - परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन्।
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईडा) ले आयोजना गरेको ‘चौथो आईडा लेक्चर सिरिज’मा ‘समृद्ध नेपालका लागि आर्थिक कूटनीतिः आर्थिक हितसँग विदेश नीतिको सामञ्जस्य’ विषयमा प्रस्तुति दिँदै मन्त्री खनालले आर्थिक कूटनीतिलाई नेपालको विकास रणनीतिको अभिन्न अंग बनाउनुपर्ने बताएका हुन्।
उनले विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारको माध्यम बनाउनुपर्ने बताए।
खनालले बदलिँदो विश्व अर्थव्यवस्था, क्षेत्रीय प्रतिस्पर्धा र भू–राजनीतिक परिस्थितिबीच नेपालले कूटनीतिक सम्बन्धलाई ठोस आर्थिक अवसरमा रूपान्तरण गर्न सक्नुपर्ने बताए।
उनका अनुसार नेपालको परराष्ट्र नीतिले आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र नेपाली वस्तु तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकतामा राख्नुपर्छ।

.gif)


