ललितपुर प्रशासनले तोक्यो निषेधित क्षेत्र
काठमाडौं - ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ।
प्रशासनले शुक्रबार सूचना जारी गरी ललितपुर महानगरपालिका क्षेत्रमा ५ जना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र तोकिएको हो ।
शनिबार बिहान ६ बजेदेखि बुधबार राति १० बजेसम्मको लागि सो आदेश जारी भएको हो। रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै प्रशासनले निषेधित क्षेत्र तोकेको हो।
प्रशासनको आदेशमा ‘हुलदंगा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा भेला भए कानून बमोजिम कारवाही हुने भनिएको छ ।
आदेश पत्रमा रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्र पूर्व-मदन स्मारक स्कुल अगाडीको चोक, पश्चिम- श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिम तर्फको बारुण यन्त्र रहेको स्थान, दक्षिण-सेन्ट जेभियर्स स्कुल अगाडीको चोक (अल्का मोड), उत्तर-लविम मल पश्चिमपट्टीको सडकमा भेला नहुन भनिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस