अब अमेरिकाको भिसा आवेदन दिँदा ७ देखि २१ लाखसम्म धरौटी राख्नुपर्ने
काठमाडौं-अमेरिका प्रवेश गर्नुअघि धरौटी रकम तिर्नुपर्ने देशहरूको सूचीमा नेपाल पनि समावेश भएको छ।
अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको नोटिस अनुसार अब नेपाली नागरिकहरूले पनि अमेरिकाको बी-१रबी-२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने भएको हो।
यो व्यवस्था आगामी जनवरी २१ देखि लागू हुनेछ । नेपालीले भिसाका लागि आवेदन गर्दा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म (करिब ७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार रुपैयाँ) धरौटी तिर्नुपर्नेछ ।
विदेशी नागरिकको भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले धरौटी रकम निर्धारण गर्नेछन् । निर्देशन पाएपछि मात्र यात्रुले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको फारम आई–३५२ भर्नुपर्नेछ र पे डट गोभमार्फत अनलाइन भुक्तानी गर्नुपर्नेछ । यस्तै कन्सुलर निर्देशनबिना बुझाइएको रकम फिर्ता नहुने जनाइएको छ ।
भिसाका सबै सर्त पालना गरी समयमै स्वदेश फर्किने यात्रुले अमेरिका छोडेपछि धरौटी रकम फिर्ता पाउनेछन् । तर धरौटी तिर्ने यात्रुले बोस्टन लोगान, जोन एफ केनेडी र वाशिङटन डलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र अमेरिका प्रवेश गर्न पाउनेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस