काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन्।

राजदूत अर्न्स्टले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयसँगै आपसी हित र चासोका विविध विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीचको भेटमा दुई देशबीचको सहकार्य, पारस्परिक सम्बन्ध तथा आगामी दिनमा सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा समेत कुराकानी भएको बताइएको छ।