अफगानिस्तानको संकटबारे छलफलका लागि आज राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्दै
काठमाडौं,एजेन्सी - अफगानीस्तानको संकटबारे छलफलका लागि आज राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बस्ने भएको छ ।
तालिवान विद्रोही समूहले २० वर्षको लामो संघर्षपछि अफगानिस्तानको सत्ता हातमा लिएपछि त्यसबारे छलफल गर्न आज राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्न लागेको बताइएको छ ।
भारतको अध्यक्षता रहने उक्त बैठकमा अफगानिस्तानको पछिल्लो संकटमाथि समीक्षा हुने विभिन्न सञ्चार माध्यमले जनाएको छ ।
अफगानिस्तानमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेको तालिवानलाई अन्तर्राष्ट्रिय मान्यता दिने वा नदिने भन्ने बहस भइरहेको समय परिषद्को बैठक अर्थपूर्ण हुन सक्ने अनुमान गरिएको छ ।
तर, बेलायतले तालिवानी सरकारलाई मान्यता दिन नसकिने बताइसकेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार राति काबुलको पछिल्लो अवस्थाबारे प्रेसमिट गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस