काठमाडौं - नेकपा (बहुमत)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत प्रस्थान गरेका छन् ।

सोमबार बिहान ११ बजेको उडानबाट सिताको साथमा अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल मुम्बई गएका हुन् । काठमाडौंबाट मुम्बई सिधा उडान नहुने भएकाले उनीहरु नयाँदिल्ली भई मुम्बई जानेछन् । 

भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरिरहेकी सिताको स्वास्थ्य थप जटिल बन्दै गएपछि थप उपचारको लागि उनलाई मुम्बई लगिएको हो । त्यहाँ उनको न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने बताइएको छ ।

पुत्र वियोगमा विचलित भइरहेकी सीता जीवनभर निको नहुने रोगबाट पीडित छिन् । सितालाई यसअघि पनि उपचारका लागि अमेरिका, सिंगापुर र भारत लगिएको थियो ।