काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १३ को उपधारा(२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको उल्लेख छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार असोज १६ गते राति १२ बजेदेखि लागू हुने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको हो।