काठमाडौं - काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ ।

गएराति काठमाडौंको बत्तीसपुतलीस्थित बीच सडकमै मोरङ घर भई काठमाडौं बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

काठमाडौं प्रहरी परिसरका अनुसार घटनामा संलग्न भएको आशंकामा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिइएको छ । घटनाको प्रहरीे थप अनुसन्धान सुरू गरेको छ ।

हत्या गरिएका युवकको शव सिनामंगलस्थित केएमसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।