कञ्चनपुर- महाकालीमा पानीको बहाव बढेपछि नेपाल-भारत सीमा पर्ने शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

महाकालीमा पानीको बहाव एक लाख २६ हजार सात सय १२ क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ।

आज बिहान ११ बजेको समयमा महाकाली नदीमा १ लाख २६ हजार ७१२ क्यूसेक पानीको बहाब मापन भएको थियो ।

महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ। त्यसैले सवारी साधन तथा मानिसको आउ–जाउमा समेत रोक लगाइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

नेपाल-भारत सीमा क्षेत्रको शारदा ब्यारेजमा वर्षातको समयमा पानीको बहाबढेपछि समय-समयमा सवारी सञ्चालनमा रोक लगाउने गरिएको छ।