स्थापितकाे भन्दा झण्डै दोब्बर मतले अघि बालेन
खबर एक्सप्रेस
२०७९-०२-०१ १०:५६ मा प्रकाशित
Total Shares: 180
काठमाडौं - काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’को अग्रता कायमै छ ।
हालसम्म काठमाडौंमा करिब ६ हजार मत गणना सम्पन्न भएको छ । जसमा बालेननले २ हजार २३८ मत पाएका छन् । शाहलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका छन् । स्थापितले १ हजार २१९ मत ल्याएका छन् ।
तेस्रोमा गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले १ हजार ८१ मत पाएकी छन् ।
साथै उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर भारी मतान्तर कायम गरेकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस