काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपाने ‘प्रबल जनसेवा श्री (चतुर्थ)’बाट  विभूषित भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई उक्त विभूषण प्रदान गरेकी हुन् । साथै, बैंकका सहायक महाप्रबन्धक रन्जन खड्कालाई पनि ‘जनसेवा श्री (पञ्चम)’ विभूषण प्रदान गरिएको छ । 

मन्त्रिपरिषद्को २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा उनीहरुलाई विभूषण प्रदान गर्ने घोषणा भएको थियो ।