काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक डाकेका छन् ।

ओलीले लकडाउनबारे निर्णय गर्न सोमबार दिउँसो २ बजे बैठक बोलाएका हुन् । यस बैठकमा आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको निर्णयमा छलफल गरिने स्रोतले बताएको छ ।

मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्ने बताइएकाे छ । 

यसअघि नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गतेसम्म लागि लकडाउन गरेको थियो । त्यो अवधिमा पनि संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन २५ गतेसम्म रहेको छ ।